Logo

बन्दाबन्दीमा सडक दुर्घटना एक सयभन्दा बढीको मृत्यु



काठमाडौँ, २७ जेठ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न बन्दाबन्दी सुुरु भएको साढे दुुई महिनामा एक सय जनाभन्दा बढी सर्वसाधारणले दुर्घटनामा ज्यान गुमाएका छन् ।

सरकारले अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाए पनि राति तथा आफूसुुखी लुकिछिपी सवारी चलाउँदा यतिको दुर्घटना भएको सम्बद्ध अधिकारीहरूको भनाइ छ । चैत ११ गतेबाट सुरु भएको बन्दाबन्दीको ७५औँ दिनसम्ममा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १३३ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार यो बीचमा मुलुकभर एक हजार १७१ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १०८ जना पुरुष, १७ जना महिला र आठ जना बालबालिकाको मृत्यु भएको छ ।

त्यस्तै ३२४ जना गम्भीर घाइते छन् । घाइतेमध्ये पुरुष २६५, महिला ४५ र १४ बालबालिका छन् । बन्दाबन्दीमा जोखिम मोलेर आफूखुसी सवारी सञ्चालन गर्दा दुर्घटना भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक निरज शाहीले बताएका छन् । बन्दाबन्दीको ७५ दिन अवधिमा यो सङ्ख्यामा सवारी दुर्घटना हुनु मानवीय क्षतिको दृष्टिकोणले अकल्पनीय भएको भनाइ सम्बद्ध अधिकारीको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot