काठमाडौं, जेठ २७ । गण्डकी प्रदेशमा मंगलबार थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
थप संक्रमितहरु नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा फेला परेका हुन् । संक्रमितहरु ४० देखि १८ वर्ष उमेर समूहका सबै पुरुष रहेका छन् ।
स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार आज फेला परेका संक्रमित संगै प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १४४ पुगेको छ ।