Logo

भेन्टिलेटर सहितका क्वारेन्टाइन बनाउन सकिन्न, जे छ त्यसैमा काम चलाउने होः मन्त्री त्रिपाठी



काठमाडौं, जेठ २७ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले नेपालमा अहिलेसम्म भएका भौतिक पूर्वाधारहरुलाई व्यवस्थित गर्दै स्थानीय तहहरुले कोरोना संक्रमण नियन्त्रणको प्रयास गरिरहेकाले भेन्टिलेटर सहितको सुविधा सम्पन्न क्वारेन्टिन बनाएर संक्रमितलाई राख्न सक्ने अवस्थामा सरकार नरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहमा कुरागर्दै मन्त्री त्रिपाठीले नेपालमा विभिन्न कालखण्डमा आएका सरकारहरुले स्थानीय विकासमा जति संरचनाहरु बनाउन सकेका छन त्यसैलाई प्रयोग गर्नुको अर्को विकल्प नभएको बताए । उनले कोरोना संक्रमणको अवस्थालाई अहिलेसम्म स्थानीय तहले नै धानेको दावीसमेत गरे ।

अहिले पनि भारतबाट आएको सवैको व्यावस्थान गर्न स्थानीय तहहरुले काम गरिरहेको भन्दै जोसंग आफ्नो भवन छैन उसले पनि व्यवस्थापनको प्रयास गरेको र स्थानीय तहले स्टार होटल बनाएर संक्रमितलाई राख्न नसक्ने उनको भनाई छ । त्रिपाठीले अहिलेसम्म जति विकास भएको थियो त्यसैमा व्यवस्थापन गर्ने जानकारी दिदै अहिले नै क्वारेन्टाइनका नाममा सुविधा सम्पन्न होटल बनाउन नसकिने उनले जनाए ।

अहिले सम्म भेन्टिलेटरमा पुगेर कसैको पनि मृत्यु नभएको र क्वारेन्टिनमा सामान्य लक्षण समेत नदेखिएका मानिसमा संक्रमण देखा परेकाले समस्या भएको भन्दै उनले अरु रोग भएकालाई कोरोनाले छोएकाले मृत्यु भएको र जे सुविधा छ त्यसैलाई प्रयोग गरेर व्यवस्था गरेकोले संयमित भएर बस्न आग्रह गरे ।
मन्त्री त्रिपाठीले जोखिम हेरेर खुकुलो बनाउने र यसको आज भोलीमा निर्णय हुने भन्दै भने,‘लकडाउन सरकारले थोपरेको विषय र सरकारको रहर नभएकाले संसद सकिएपछि छलफल गछौ । जनजिवन सहज बनाउनुपर्छ । कोरोना संगसंगै बाच्नुपर्ने अवस्था आएको छ । यसरी नै बाच्ने प्रयासमा लागौँ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot