Logo

भरतपुरमा कोराना संक्रमणबाट वृद्धको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो



चितवन, २७ जेठ । नेपालमा थप एकजना पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचार गराइरहेका वृद्धको मंगलबार मृत्यु भएको हो ।

भरतपुर अस्पतालको आइसीयुमा उपचार गराइहेका भरतपुरका ती वृद्धको मृत्यु भएको भरतपुर अस्पताल प्रवक्ता लीलाधर पौडेलले जानकारी दिए । उनको हिजो मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहेका ती बिरामीलाइ कोरोना सक्रमण भएपछि भरतपुर अस्पताल सारिएको थियो।

लामो समयदेखि मुटुका बिरामी उनको निमोनियाको लक्षण देखिएपछि सोमबार कोरोना परीक्षण गरिएको थियो । कोरोनाबाट बिरामीको मृत्यु भएसँगै चितवनमा थप सुरक्षा सर्तकता अपनाइएको छ ।

आज एकजना थपिएपछि नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको को छ । मृतकमध्ये १२ पुरुष र ३ महिला छन् ।



प्रतिक्रिया दिनुहोस्