Logo

टाउको छिनाएर हत्या, रातभर प्रहरी हत्याराको खोजीमा



ललितपुर, २८ जेठ । बाँडेगाउँमा गएराति एकजनाको हत्या भएको छ । मासु पसल चलाएर बसेका ३८ वर्षीय अमित शाहीको हत्या भएको हो ।

शाहीको हात खुट्टा बाँधी टाउको छिनाइएको अवस्था छ । घटनाबारे राति नै जानकारी पाएपछि प्रहरी पुगेको छ ।

मृतककको दुवै हाँतमा चोट छ । खुट्टा बाँधिएको र खुँडा समेत प्रयोग भएको भेटिएको प्रहरीले जनाएको छ ।

सतुंगल घर भएका शाही लामो समय देखि त्यहाँ मासु पसल चलाएर बसेका थिए । उनका आफन्तको पनि त्यहीं मासु पसल छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी मित्रबन्दु शर्माले घटनाको अनुसन्धान भइरहेको बताए । उनले भने, घटनाको अनुसन्धान भइरहेको छ अहिले यसै भन्न सकिदैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot