Logo

वायुसेवा निगममा कमिशनकै चक्कर



काठमाडौं, २८ जेठ । ‘कसलाई केको धन्दा, घर ज्वाइँलाई खानकै धन्दा’ भनेझैँ कोरोना महामारीमा पनि सरकार कमिशनकै चक्करमा घुमिरहेको छ । विदेशमा अड्किएर बसेका नेपालीहरुको जुनसुकै उपायबाट भएपनि चाँडोभन्दा चाँडो उद्दार गर्नुपर्नेमा पर्यटनमन्त्री योगेश भट्टराई भने नेपाल एयर लाइन्सबाटै उद्दार गर्नुपर्ने अढानमा छन् । जसका कारण २४ हजार १४८ जना नेपालीहरु विदेशमा अड्किएका छन् ।

नेपाल एयरलाइन्ससँग एयरबस–३३० वाइडबडी दुई वटा र एयरबस–३२० न्यारोबडी दुई वटा गरेर अन्तर्राष्ट्रिय उडान भर्ने चार वटा जहाज छन् । ती जहाज पनि निगमले चार्टर्ड गर्नका लागि सिरिन ट्राभल्स, आर.आर ट्राभल्स, हार्वेष्ट मुन र सुमेध ट्राभललाई जिम्मा दिएको छ । ती ट्राभलका एजेन्टहरुले नेपाल वायुसेवा निगमको जहाज लक आवरमा सम्झौता गरेर हङकङ, ग्वाङ्झाओ, जापान र अष्ट्रेलिया उडाइसकेका छन् ।

निगमले यसरी आफैँले नेपालीहरुको उद्दार नगरी ट्राभल एजेन्टमार्फत गर्दा यात्रुहरु मर्कामा परेका छन् । यसमा पनि कमिशनको ठूलो खेल रहेको बताइन्छ । त्यतिमात्र होइन, निगमका केही कर्मचारीहरुले नेपाल एयर लाइन्सको बिल काटेर हिमालयन एयरलाइन्समार्फत चीनबाट समान ल्याएर कमिशन खाएको चर्चा छ ।दृष्टिबाट File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot