Logo

फ्लोएडको अन्त्येष्टिमा सहभागीले भने, “उहाँ विश्वलाई नै परिवर्तन गर्ने प्रेरणा हो”



२८ जेठ : अमेरिकामा हत्या गरिएका अश्वेत नागरिक जर्ज फ्लोएडको मंगलबार अन्त्येष्टि गरिएको छ । उहाँका इष्टमित्र, छिमेकी र समर्थकहरुले अन्त्येष्टि समारोहमा उहाँलाई “महान फ्लोएड” भन्दै स्मरण गरेका थिए ।

एक जना स्वेत प्रहरीले अश्वेत फ्लोएडलाई घाँटी थिचेर हत्या गरेको देखाउने भिडियो सार्वजनिक भएकाले उहाँको हत्या भएको दाबी गरिएको छ । होस्टन चर्चमा भएको अन्त्येष्टि समारोहमा झण्डै पाँच सय जना शुवेच्छुक तथा इष्टमित्रहरु सहभागी भएका थिए । उनीहरु सवैले कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि मुखमा मास्क लगाएका थिए ।

हत्या भएको झण्डै दुई हप्तापछि उहाँको अन्त्येष्टि भएको हो । उहाँको हत्या भएको र अमेरिकामा अश्वेत नागरिकहरुलाई यस्तै अन्याय पटक पटक हुने गरेको भन्दै आन्दोलन भएको थियो । उनीहरुले यस्ता घटना फेरी फेरी दोहोरिन नदिन र फ्लोएडलाई न्याय दिन माग गरेका थिए ।

फ्लोएडको हत्याको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरुले अहिलेको आन्दोलनले विश्वव्यापी रुप लिएको र आगामी दिनमा यस्ता घटना हुन नदिन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । अन्त्येष्टिमा सहभागीहरुको भनाई थियो, उहाँको हत्याका विरुद्धमा भएको आन्दोलनले यस्ता घटना न्युनिकरणका लागि सहयोग गर्ने विश्वास गर्न सकिन्छ ।

उनीहरुले ४६ वर्षीय फ्लोएड हत्या काण्ड र त्यसपछिको आन्दोलनले विश्वलाई नै परिवर्तन गर्ने र प्रेरणाको श्रोत हुने पनि बताएका छन् ।उहाँको मिनियापोलिस स्थित प्रहरी कार्यालयमा हिरासतमा रहेको बेला निधन भएको थियो । उहाँको हत्या सम्वन्धी भिडियोमा उहाँलाई आठ मिनेट ४६ सेकेण्डसम्म घाटी थिचिएको देखाइएको छ ।

घाटी थिचिरहदाँ आफुलाई श्वास फेर्न गाह्रो भएको भन्दै छट्पटाई रहेको भिडियोले आन्दोलनकारीलाई थप आन्दोलित बनाएको उहाँका समर्थकहरुको भनाई छ ।अमेरिका बाहेक अन्य धेरै देशमा उहाँको हत्याका विरुद्धमा आन्दोलन भएको थियो भने अमेरिकामा मात्रै दर्जनभन्दा बढी मानिसको यही आन्दोलनका क्रममा मृत्यु भएको छ ।

आन्दोलन चर्किएकाले अमेरिकाका ४० भन्दा बढी सहरमा कफ्र्यु लगाउनु परेको थियो । प्रदर्शनकारीले कफ्र्यु समेत तोडेर प्रदर्शन गरेका थिए । प्रहरी र प्रदर्शनकारीका बीचमा भएको झडपका क्रममा दर्जनौ घाइते भएका थिए भने सयौँ गिरफ्तार भएका थिए ।एपी



प्रतिक्रिया दिनुहोस्

Screenshot