Logo

२७९ कोरोना संक्रमित थपिए, कुल संक्रमित ४३६४



काठमाडौं, २८ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या पुगेको ४ हजार ३ सय ६४ पुगेको छ । आज २७९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये २५७ पुरुष र २२ जना महिला छन् ।

यसअघि हिजो ३२३ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ४ हजार ८५ पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot