Logo

लकडाउनमा शिकार खेल्न हिंडेका पक्राउ



तनहुँ, २८ जेठ । बन्दिपुर गाउँपालिकामा शिकार खेल्न हिडेका ४ जना पक्राउ परेका छन् । बन्दिपुर गाउँपालिका उपल्लो फाँटस्थित जंगलमा शिकार खेल्न हिंडेको अवस्थामा ४ जनालाई मंगलबार साँझ १ नाल भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ब्यास नगरपालिका सिमलटारीका संदिप मगर, सन्तोष गुरुङ, सुजन थापा मगर र बन्दिपुर गाउँपालिकाका हिन्जम गुरुङ रहेका छन् । शिकार खेल्न गएकामध्ये बन्दिपुर गाउँपालिकाका धर्मपाल गुरुङ हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

अवैध रुपमा भरुवा बन्दुक सहित शिकार गर्न हिँडेका भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भानु मुकामबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot