Logo

यी लक्षण कोरोनाका होइनन्



विश्वमा फैलिएको कोरोना भाइरसले मानिसहरुको मनमा नराम्रो असर परिरहेको छ । गलत सुचनाको कारण धेरै मानिस तनावमा बस्न बाध्य भएका छन् । यसले झन अन्य रोग पनि निम्तने निश्चित छ । आज हामी डराउछौ तर यी लक्षणहरु कोरोनाको होइनन् त्यसको बारेमा चर्चा गर्नेछौ ।

  • हल्का टाउको दुख्नु– लामो समय मोवाइल, कम्प्युटर चलाउने, अनिन्द्रा, धेरै काम र थकानको कारण हल्का टाउको दुख्न सक्छ । त्यसकारण टाउको दुख्दैमा कोरोना भाइरसको लक्षण हुदैन् ।
  • एसिडिटी–पखालालाई कोरोनाको प्रारम्भको लक्षण मध्ये एक भएपनि पेट दुख्नु वा एसिडिटी हुनै कोरोनाको लक्षण भने होइन् ।
  • ऐठन–महिलाहरुलाई पटक पटक एठन भइरहन्छ कतिलाई कोरोनाको लक्षण हो जस्तो लागेपनि कोरोनाको लक्षण होइन् ।
  • सास लिन गाह्रो हुनु– सास तान्न मात्र गाह्रो हुने एक लक्षणलाई मात्र लिएर कोरोना भयो भनेर त्रसित हुनु जरुरी छैन् । ज्वरो, खोकी, घाटी दुख्ने र सास फुल्ने भएमा कोरोनाको जाँच गराउन आवश्यक हुन्छ ।
  • सुन्नमा कठिनाई– यदि कसैलाई कान सुन्नमा समस्या भएमा कोरोना हुँदैन । ठुलो आवाजमा संगीत सुन्दा एक साइड इफेक्ट भएको हुनसक्छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्

Screenshot