काठमाडौँ, २९ जेठ । विभिन्न मुलुकमा अलपत्र परेका नेपाली स्वदेश फर्कने क्रममा मङ्गलबार राति ११ जना अस्ट्रेलियाबाट स्वदेश आएका छन् । अस्टेलियाबाट राति करिब साढे दस बजेको उडानबाट उनीहरू स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्केका उनीहरूलाई होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण गरी व्यक्तिगत विवरणसमेत सङ्कलन गरी व्यवस्थापन गरिएकोे नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अनुसार अस्टेलियाबाट आएकामध्ये दुई जनालाई होम क्वारेन्टाइनमा, सात जनालाई होटल क्वारेन्टाइनमा र दुई जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा पठाइएको छ । (गोरखापत्रबाट)