चीन र अमेरिका दूवै ठुला राष्ट्रहरु एक अर्कालाई प्रतिस्पर्धीको रुपमा देख्ने गर्छ । विश्व रफ्तारमा अगाडी बडीरहेको अवस्थामा कुन देशले आफ्नो शक्ति र नीतिको प्रयोग गरी जबरजस्ती गर्न खोजको भन्दै विषय उजागर भएको देखिन्छ ।
अमेरिका कुटनीति चार्तुयतामा माहिर मनिने गर्छ भने चीन आफ्नो नीति र कामलाई प्राथ्मिकतामा राख्ने गदर्छ । विश्वले फइव जी लाई आत्मसाथ गर्न उत्सुक रहेको छ । फाइव जीको काम निरन्तर रुपमा भइरहेको छ ।
विवादास्पद हङकङ आन्दोलन आक्रोश तर्फ उन्मुख भएको देखिन्छ । अमेरिकी नीतिका कारण आन्दोलनलाई हावा मिलेको छ । यसै सन्दर्भमा ब्रिटिस बैंक एचएफबीसीले चीनलाई सहयोग गरेको छ । त्यसप्रति अमेरिकी विदेश मन्त्री माइक पोम्पोइले आपत्ती समेत जनाउँदै आएका छन् । चीनले हङकङ र अन्य मुलुकमा आफ्नो प्रभुत्व जमाउन जबरजस्ती गरिरहेको आरोप अमरिकाले लगाइरहेका छन् । महामरी सिर्जना गर्ने दोष ट्रम्पलगायत अमेरिकनहरुले समेत चीनमाथि लगाइरहेको छ ।
ब्रिटिस बैंक एचएफबीसीले गरेको सहयोगलाई चीनले स्वीकार गरेको छ । यसले सम्बन्धले अमेरिका र युरोपियन युनियनसंगको सदभावमा धक्का पुग्ने छ । अमेरिकाले प्रत्येक दिन चीनलाई आरोप लगाउन बाटो खोजिरहेको हुन्छ ।
अमेरिकाको नीतिको शिकार विश्वमा प्रायःजसो मुलुक रहेका छन् र अझ अमेरिकाले जबरजस्ती गरी अन्य मुलुकमा आफ्नो प्रतिबन्ध लगाउन बाकिरहेको विषय उत्पन्न भएको छ । अमेरिकाको नीति र जबरजस्तीको प्रतिबन्धले मुलुकहरु आत्तिएका छन् । चीन अब्बल हुन् आफ्नो अग्रसरता कायमलाई तिव्र गतिमा लगिरहेका छ । चीन आफ्नो निती र भिजन प्रति पारदर्शी भएको जनाउँदै आएको छ ।
आधुनिक युगको सुरुवात गर्न चीनले आफ्नो अग्रसरता देखाएको छ । फाइव जीलाई विश्वव्यापी रुपमा कायम गर्न चीन लागिपरेका छ । यसकारण अमेरिका पछाडि परेका देखिन्छ । बारम्बार चीनलाई दोष लगाउने काम बाहेक कुनै काम प्रति ध्यान नदिएको अमेरिका माथि आरोप रहेको छ । चिनियाँ कम्पनि हुवावेले फाइव जीको विस्तारको लागि काम गरिरहेको छ । चीनको काम प्रति निरन्तरता देखेर अमेरिका प्रत्येक चोटी चीनलाई कुनै न कुनै माध्यमबाट दोष लगाउन कुनै कसर नछाडेको आरोप चीनले लगाएको छ ।
युरोपियन युनियनसँगको नजिक सम्बन्धले अमेरिकाको लागी टाउको दुखाइ बनेको छ । चीनले आफ्ना नयाँ सम्बन्ध कायम गरेको मुलुकहरुलाई अमेरिका भन्दा राम्रो सम्बन्ध बनाएको चीनले विश्वास व्यक्त गरेको छ । चीनले अन्य मुलुक संगको साझेदारी उक्त मुलुकलाई समेत गरिबीबाट उठ्ने मद्दत पुर्याउन सक्ने छ । अमेरिका संगको सम्बन्ध भन्दा चीनकासंगको सम्बन्ध सुमधुर हुनेमा चीन विश्वस्त रहेको छ ।
चीनको निती प्रति अमेरिका अकमक्क परेको छ । चीनले रफ्तार समातेको देखेर अमेरिकाको बर्चस्वमा धक्का पुगेको छ । चीनलाई पाइला पाइलामा अेमरिका बाधक बन्न पुगेको छ । चीन भने वैकल्पिक बाटो बनाउँदै अगाडी बढेको छ । नयाँ विश्व व्यावस्थालाई चीनले नेतृत्व गर्ने भएको विषय समेत उठेको छ । चिनियाँ राष्ट्रिपति सी विश्व नेताका रुपमा लोकप्रीय भएका छन् । महामरीको बीच आफूले चालेको कदम र अन्य मुलुक प्रति देखाएको सदभावले विश्वकै मन छुन सफल भएको छ ।
चीन र वेलायतको सम्बन्ध गहीराइमा गएको छ । यसले नयाँ सम्बन्धलाई उचाँई दिने भएको छ । अमेरिकाले बारम्बार चीनलाई तल देखाउने नीति र दोष लगाउने निती प्रति सम्पूर्ण मुलुकहरु सचेत भएका छन् । अमेरिका प्रतिको लोकप्रियता गुमिरहेको छ । अरुलाई दोष लगाएर आफू राम्रो हुन खोजेको अमेरिकाले विश्व माथि अमेरिका पहिलो नीतिलाई लाद्न खोजेको छ । जबरजस्तीको आधारमा आफ्नो प्रभुत्व विश्वमा कायम गर्ने विषय अन्योल देखिन्छ । अमेरिकाकोले जबरजस्ती गरी सदैव आफ्नो अनुकुल बाटो बनाउने गर्छ अमेरिकाले समन्वय गरेका देशहरु तहसनहस भएका छन् । यसकारण अमेरिकी निती र जबरजस्तीको प्रभुत्व जमाउने वातावरणबाट अन्य मुलुकहरु टाढा भइरहेको छ । ग्लोबल टाइम्सको भावानुवाद