काठमाडौं, २९ जेठ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न पुगेका र विरोध प्रदर्शन उत्रिएकाहरुलाई प्रहरीले पानीका फोहरा र लाठी चार्ज गरेको छ । सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा पूर्ण रुपमा असफल भएको उनीहरुको दाबी छ । पत्रकार ऋषि धमलाका अनुसार प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा र लाठी बर्साएपछि उनीहरु नक्सालसम्म आईपुगेका छन् । उनीहरुले जनता रोगले भन्दा भोकले मर्ने अवस्था भयो, यो सरकार के काम ? कर के को लागि ? कोरोना परीक्षणको दायरा बढाउजस्ता नारासहितका प्लेकार्ड बोकेका थिए । पछिल्लो तीन दिन यता लगातार बालुवाटारमा प्रदर्शन भैरहेको छ । तस्विर : अमृत खतिवडा, रिपोर्टर्स नेपाल डटकम