Logo

मास्क लगाउन नजाँन्दा झन् असर



चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको कहरले केही महिनामा नै विश्वभरलाई संकटमा पार्यो । तिव्ररुपमा फैलिएको कोरोना भाइरस रोकथामको लागि नेपाल लगायत धेरै देशमा लकडाउन गर्नुपर्ने स्थिति भयो ।

तर, सबै देशमा अर्थतन्त्र व्यवस्थापन गर्न गाह्रो भएपछि लकडाउन खोल्ने निर्णयमा पुगेका छन् । आजसम्म यसको खोप तयार भएको छैन यसको एकमात्र कम गर्ने उपाय भनेको मास्क लगाउनु नै हो । जुन आहिले अनिवार्य गरेको छ ।

मास्क लगाएर संक्रमण कम गर्न सकिने भएपनि लगाउन नजान्दा झन् असर गर्ने विज्ञहरुले जनाएका छन् । हामी मध्ये धेरैलाई लगाउने सहि तरीका थाहा छैन । कसैले त झन् सार्वजनिक स्थानमा बसेर कुरा गर्ने क्रममा मास्कलाई चिउडो मुनि राख्छौ जुन सरासर गलत हो । आज हामी मास्क लगाउने सहि तरिकाको बारेमा चर्चा गर्नेछौ ।

आज हामी ५ तरीकाको जानकारी दिन्छौ ।

१. मास्क नाक भन्दा तल नलगाउने ।

२. छालासहित चिउडो छोपिने गरेर मास्क लगाउने ।

३. मास्कले नाकलाई पनि राम्रोसंग ढाक्ने । तर नाकको टुप्पोमा मात्र छोप्नु हुन्न ।

४. कसैसँग कुरा गर्दा मास्कलाई गर्दनमा झार्नुहँुदैन ।

५. छाडा किसिमको मास्क लगाउनु हुँदैन ।

मास्क लगाउने सहि तरीका

मास्क आफ्नो नाकबाट शुरु भएर चिउडोसम्म जानु आवश्यक हुन्छ । त्यो तपाइँको नाकको पुल जहाँबाट नाक शुरु हुन्छ, त्यहाँसम्म मास्कले छोप्नु पर्छ । मास्क राम्रोसँग मुख वरिपरि लगाउनुपर्छ । मास्कलाई कसिएर लगाउनु राम्रो हुन्छ ।



प्रतिक्रिया दिनुहोस्