Logo

कोभिड-१९ नियन्त्रणमा १० अर्ब खर्चको विवरण देखाउन त्रिपाठीद्वारा निवेदन



काठमाडौं, २९ जेठ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा हालसम्म १० अर्ब खर्च भएको खबरपछि यसको पूर्ण विवरण माग गरिएको छ । आज वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले के कसरी कुन कुन शिर्षकमा १० अर्ब खर्च भयो भनी पूर्ण विवरण माग गरेका हुन् ।

सुचनाको हकसम्बन्धी संवैधानिक अधिकार अन्तर्गत त्रिपाठीले आज प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गरेको जानकारी दिएका छन् । उनले भने, ‘१० अर्ब कहाँ कुन कुन शिर्षकमा के कसरी खर्च भयो त्यसको पूर्ण विवरणका लागि तत्काल सुचना पाउँ भनी मैंले आज निवेदन दर्ता गरेँ ।’

संविधानको धारा २७ अन्तर्गत तत्काल सुचना पाउने सुचनाको हकसम्बन्धी व्यवस्था छ । त्यही व्यवस्था अनुसार नेपाली जनताका लागि उक्त सुचना सार्वजनिक हुनुपर्ने त्रिपाठीको माग गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot