Logo

कोरोना भाइरसबारे ठट्टा गर्दा फुटबल स्टार डेले अलीलाई प्रतिबन्ध र जरिवाना



एजेन्सी, २९ जेठ । कोरोना भाइरसबारे ठट्टा गर्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका टोटनहेमका फुटबल स्टार डेले अलीलाई प्रतिबन्ध र जरिवाना गरिएको छ । २४ वर्षीय मिडफिल्डरले कोरोना उत्पत्तिबारे एशियाली मानिसको नक्कल गरी भिडियो पोष्ट गरेपछि उनलाई ५० हजार पाउण्ड जरिवानासहित एक म्याच प्रतिबन्ध लगाइएको छ ।

फुटबल एशोशिएसनको प्रतिबन्धको निर्णयपछि डेले अलीले १९ जुनमा म्यानचेष्टर युनाइटेडविरुद्ध हुने म्याच गुमाउनेछन् ।

डेले अलीले पोष्ट गरेको भिडियोमा उनी एयरपोर्टको लन्जमा मास्क लगाएका छन् । लगत्तै एशियाली मुलका मानिसतर्फ लगाएका छन् । उनको आशय एशियाली मानिसले कोरोना भाइरस सार्न सक्छन् भन्ने थियो ।

अलीले भिडियो पोष्ट गरेपछि आलोचित भए । लगत्तै उनले भिडियो हटाएका थिए । उनले उक्त कदमप्रति क्षमा मागिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot