Logo

नेपालको नयाँ नक्शामा समेटिएका तीन गाउँका बासिन्दामध्ये छ जना भारतका उच्च अधिकृत, एक जना आइजी



एजेन्सी, ३० जेठ । नेपालले नयाँ नक्शामा समेटेको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा तीन गाउँ छन् । उक्त क्षेत्रका तीन गाउँ गुन्जी, कुटी र नाबीका बासिन्दाले भने भारतको नागरिकता लिएका छन् ।

उनीहरुमध्ये छ जना भारतको प्रशासनमा उच्च अधिकृत भइसकेकाहरु छन् । जो विभिन्न स्थानमा खटाइएका छन् । यो समाचार आजको टाइम्स अफ इन्डियाले प्रकाशन गरेको छ ।

तीनवटा गाउँमा ३ हजार बासिन्दा छन् । उक्त गाउँ भारतको प्रशासनिक क्षेत्रमा प्रवेश गरेकामा नाम चलेकामा पर्छन् । भारतको १९९७ ब्याचको आइपीएस अफिसर सञ्जय गुञ्ज्याल कालापानी क्षेत्रको गाउँका हुन् । उनी कुम्ब मेलाका आइजी छन् । विहारमा खटिएका बिनोद गुञ्ज्याल विहारमा खटाइएका आइएएस अधिकृत हुन् । २०११ को आइपिएस अधिकृत हेमन्त कुटियाल उत्तर प्रदेशमा खटिएका छन् । उनीहरु सबै उक्त क्षेत्रका हुन् ।

२००४ ब्याचका स्टेट पुलिस सर्भिसका अधिकृत विमल गुञ्ज्याल उत्तराखण्ड प्रहरीमा डिआइजी छन् । धिरेन्द्र सिंह गुञ्ज्याल पनि एसपिएस अधिकृत छन् । उनीहरु सबै उक्त क्षेत्रका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot