काठमाडौँ ३० जेठ : दुई पाँग्रे सवारी साधानमा जोर विजोर प्रणाली लागू नहुने भएको छ । दुई पाँग्रे सवारी साधनमा जोर विजोर प्रणाली लागू नहुने नेपाल प्रहरीले जनाएको हो ।
सरकारले लकडाउन सहज पर्ने निर्णय गरेसंगै सर्वसाधानणमा दुविधा पैदा भएको बेला नेपाल प्रहरीका प्रवक्ता निरज बहादुर शाहीले दुई पाँग्रे सवारी साधानमा जोर विजोर प्रणाली लागू नहुने बताएका हुन् ।
बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दे सरकारका प्रवक्ता डा. युवराज खतिवडाले निजी सवारी साधानहरु संञ्चालन गर्ने दिने निर्णय गरेका थिए । सरकारले साइकल र मोटरसाइकलमा एक जना चालक मात्र रहने गरी चलाउन दिने निर्णय गरेको थियो ।
अन्य निजी सवारी साधानमा भने चालक सहित तीन जनासम्म सवार हुने गरी जोर बिजोरका संञ्चान गर्ने दिने निर्णय गरेको थियो ।मेरोलागानी/ Photo By : Mukund Kalikote