Logo

ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिए, कुल संख्या ५ हजार नजिक



काठमाडौ, ३० जेठ । आज दुई सयभन्दा बढी संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नजिक पुगेको छ ।

सक्रमित थपिएको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवा ४ बजे औपचारिक रुपमा जानकारी गराउनेछ । यसबाहेक आज थप मानिसको संक्रमणबाट मृत्यु भएको छ । यसको पनि जानकारी गराउने भएको छ ।

यसअघि हिजो २ सय ५० जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ४ हजार ६ सय १४ पुगेको थियो ।

यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या १६ जना पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot