Logo

उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई फोनमार्फत ज्यान मार्ने धम्की



एजेन्सी ३० जेठ : भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिएको छ। उनलाई आज साँझ फोनमार्फत मुख्यमन्त्री कार्यालय लगायत ५० ठाउँमा ‘बम ब्लास्ट’ गर्ने चेतावनी समेत दिईएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फोन कसले ? र कहाँबाट गरेको भन्ने ?विषय अझै अन्यौल रहेको जनाईएको छ र उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्