एजेन्सी ३१ जेठ । विश्व अहिले कोरोना विरुद्व लडिरहँदा भारत र जापानको चन्द्र मिशनले आकार लिएको छ । यसलाई भारतीय कम्पनी इस्रोले नेतृत्व गर्ने भएको छ । चन्द्र ध्रुवीय अन्वेषण अन्तरगत रहेको मिशनलाई दूवै देशले तीब्रता दिएको हो ।
पहिलो पटक ल्याण्डर र रोभरलाई चन्द्रको सतहमा पुर्याउन जनाइएको छ । ल्याण्डरलाई इस्रोले नेतृत्व गर्ने जनाइको छ । उक्त मिशन सन् २०२३ मा लन्च गरिने जापानी कम्पनी जासाले जनाएको छ । भारतको इस्रोले सन् २०२२ मा मानव अन्तरिक्ष उडान कार्यक्रम (गगनयान) मा सफल पार्न निरन्तरता दिइरहेको जनाइएको छ ।
ल्याण्डर र रोभरको मोड्युल जापानले तगार गर्ने छ भने ल्याण्डरको प्रणाली भारतले निर्माण गर्ने छ । उक्त मिशनको उडान जापानबाट हुने छ ।दूवै देशबीचको संयुक्त साझेदारीमा मिशनको सोच सन् २०१७ मा सार्वजनिक भएको थियो । सन् २०१८ मा भारतीय प्रधानमन्त्रीको जापान भ्रमणमा उक्त विषयलाई निरन्तरता दिएका थियो ।
दूवै देश चन्द्रमामा एकसाथ अवतरण गर्ने भएका छन् । रोचरले चन्द्रमामा रहेको रासागनिक तत्वहरुको अवलोकन गर्ने छ भने उक्त क्षेत्रमा हाइड्रोजनको मात्रा देखिए रोभरले उक्त ग्यासको नमूना संकलन गर्ने योजना रहेका छ ।