
एजेन्सी, ३२ जेठ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख नाघेको छ । मृतकको संख्या ४ लाख ३१ हजार पुगेको छ ।पछिल्लो तथ्यांक अनुसार ४० लाख निको भएका छन् । संक्रमितमध्ये आधाभन्दा बढी निको भइसकेका छन् ।
सबैभन्दा बढी अमेरिकामा २१ लाख ४२ हजार संक्रमित भएका छन् । त्यहाँ एक लाख १७ हजारको मृत्यु भएको छ । अमेरिकामा साँढे ८ लाख निको भइसकेका छन् ।
ब्राजिलमा साँढे आठ लाख संक्रमितमध्ये ४२ हजारको मृत्यु भएको छ । त्यहाँ ४ लाख २७ हजार निको भएका छन् । रुसमा ५ लाख २० हजार र भारतमा ३ लाख २१ हजार संक्रमित भएका छन् । रुसमा २ लाख ७४ हजार निको भएका छन् भने भारतमा एक लाख ६२ हजार निको भएका छन् ।