Logo

एमसिसीबारे छलफल गर्न नेकपा सचिवालयको बैठक बस्दै



काठमाडौं, जेठ ३२ । आइतबार एमसिसीबारे छलफल नेकपा सचिवालय बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटरमा आज अपरान्ह ४ बजे बैठक बस्ने तय भएको नेकपाका एक नेताले बताए । आजको बैठकमा एमसिसी कार्यदलका सदस्यहरुलाई पनि बोलाइएको छ।

नेकपाले एमसिसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहेका थिए।

कार्यदलले एमसिसी परिमार्जन गरेर मात्रै पारित गर्न सुझाव दिएको थियो। परराष्ट्र मन्त्री ज्ञवालीले भने १५ बुदें फरक मत राखेका छन्।सचिवालय बैठकमा अर्थमन्त्री युवराज खतिवडालाई पनि बोलाइएको छ।



प्रतिक्रिया दिनुहोस्