पर्सा, जेठ ३२ । प्रदेश नम्बर २ मा आइतबार थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा भएको परीक्षणमा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । संक्रमितहरु मध्ये १७ जना पर्साका, नौ जना बाराका, सात जना रौतहटका र एक जना सर्लाहीका रहेका छन् ।