एजेन्सी, ३२ जेठ । चरणबद्व रुपमा मोर्डनाले खोपलाई मूसामा प्रयोग गरिएको नतिजा साकारात्मक देखिएको छ । मुसामा गरिएको परिक्षणले कोरोना विरुद्व उक्त भ्याक्सिन प्रभावकारी हुने आशा जगाएको छ ।
कोराना संक्रमित मानिसलाई भ्याक्सिनको एक डोज नै प्रभावकारी हुने वैज्ञानिकहरुले जनाएका छन् । सार्स परिवारको भाइरस रहेको कारण प्रयोग हुने भ्याक्सिनले कम प्रतिरोधात्मक प्रणाली कमजोर हुने मानिसमा ठूलो रोग निम्त्याउन सक्ने जनाइएको छ । सुरक्षीत खोपको उत्पादन गर्न स्वास्थ्य मानिसमा परिक्षण गरिने जनाइएको छ ।
अमेरिकाको एलर्जी संक्रामक रोगको राष्ट्रिय संस्थाले भने उक्त अनुसन्धानलाई समीक्षा गर्न बाकी रहेको जनाएको छ । रिर्सच अँधुरो रहेको र परिक्षणमा मूसाको संख्या कम भएको जनाउदै पोल्याण्डले समेत उक्त अनुसन्धानलाई खारेज गरेको छ । उक्त खोपले भाइरसविरुद्व प्रभावकारी असर पार्ने छ । खोपले छातीमा र नाकमा रहेका भाइरसलाई समेत रोक्नबाट मद्दत पुर्याउने जनाइएको छ ।
मुसामा खोप परिक्षणलाई सात दिन सम्म हेरिएको थियो । उक्त समयमा मुसालाई श्वासप्रश्वासमा व्यापक सुधार आएको जनाइएको छ । रोग नै चट्टै जस्तै भएको थियो । खोपलाई प्रयोगमा ल्याउने विषयमा सम्बन्धित निकायको अध्ययन बाकी रहेको र गम्भीर रुपमा समीक्षा गर्नु अत्यावश्यक रहेका जनाइएको छ ।