Logo

सयौंको संख्यामा कोरोना संक्रमित बढेसँगै कुल संख्या साँढे ५ हजार नाघ्यो



काठमाडौ, ३२ जेठ । आज दुई सयभन्दा बढीको संख्यामा कोरोना भाइरसका संक्रमित वृद्धि भएका छन् । योसँगै कुल संक्रमित संख्या साँढे पाँच हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित वृद्धिको औपचारिक जानकारी सवा ४ बजे दिने भएको छ । आज थप एकजनाको मृत्यु पुष्टि भएको छ । गुल्मीका एकजना क्यान्सर संक्रमितको कोरोना संक्रमणपछि मृत्यु भएको हो । योसँगै कुल मृतकको संख्या १९ पुगेको छ ।

यसअघि हिजो २७३ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ५ हजार ३ सय ३५ पुगेको थियो ।

अहिलेसम्म ७२ जिल्लामा संक्रमित भेटिएका छन् । अब पाँच जिल्लामा मात्र कोरोना संक्रमित पत्ता लागेकोे छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot