काठमाडौं, असार १ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ३३ हजार नाघेको छ। आइतबार ११ हजार ३७४ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या तीन लाख ३३ हजार ८ पुगेको हो।
त्यस्तै मृतकको संख्या नौ हजार पाँच सय २० पुगेको छ भने २४ घण्टामा मात्रै तीन सय २१ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । हालसम्म सक्रमण मुक्त हुनेको संख्या एक लाख ६९ हजार ६ सय ८९ पुगेको छ ।