Logo

भारत-पाकिस्तान तनावः इस्लामावादमा भारतीय हाइ कमिशनका दुई कर्मचारी वेपत्ता



एजेन्सी, १ असार । भारत र पाकिस्तानबीच फेरि तनाव बढ्न थालेको छ । उनीहरुले एक अर्का देशको दुतावासका कर्मचारीमाथि जासुसीको आरोप लगाउन थालेका छन् ।

नयाँ दिल्लीस्थित पाकिस्तानी दुतावासका दुई कर्मचारीमाथि जासुसीको आरोप लागेर निष्काशन गरिएको भोलिपल्टै पाकिस्तानले भारतका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ । भारतले इस्लामावादस्थित राजदुतावासमा कार्यरत सुरक्षासम्वद्ध अधिकारी र चालक वेपत्ता भएको जनाएको छ । उनीहरु सोमबार विहानबाट हराइरहेको विषयबारे पाकिस्तानस्थित भारतीय हाइ कमिशनले जानकारी गराएको इन्डियन एक्सप्रेसले लेखेको छ ।

यसअघि दुईजना पाकिस्तानी अधिकारीहरु अबिद हुसेन र मुहम्मद ताहिरलाई दिल्ली प्रहरीले पक्राउ गरेको थियो । उनीहरुमाथि भारतीय नागरिकलाई पैसाको लालच देखाएर संवेदनशील विवरण संकलन गरिरहेको आरोप लगाइएको छ ।

भारतले पाकिस्तानी दुई अधिकारीलाई जासुसीको आरोपमा निकाला गरेलगत्तै बदलामा पाकिस्तानले इस्लामाबादस्थित हाइ कमिशनमा कार्यरत दुईजनालाई नियन्त्रणमा लिएको आशंका गरिएको छ । यद्यपि यसबारे पाकिस्तानले केही बोलेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot