Logo

सयौंको संख्यामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ६ हजार कट्यो, औपचारिक जानकारी आउँदै



काठमाडौ, १ असार । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ६ हजार कटेका छ । आज सयौंको संख्यामा संक्रमित थपिएपछि कुल संक्रमित छ हजार कटेको हो । यसको औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयले सवा ४ बजे दिने भएको छ ।

यसअघि हिजो एकै दिन ४ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएपछि नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ५ हजार ७ सय ६० पुगेको थियो । संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।

जेठभर ५ हजार ५ सय १७ जना कोरोना भाइरसको संक्रमित बढेका छन् । वैशाखको अन्तिम दिनसम्म २ सय ४३ संक्रमित संख्या पुगेकोमा जेठभर साँढे पाँच हजार संख्या वृद्धि भएको हो ।

फागुनसम्म जम्मा १ जना मात्र कोरोना संक्रमित भेटिएका थिए । चैत्रसम्म जम्मा १२ जना संक्रमित पत्ता लागेका थिए, वैशाखमा २४३ पुगेकोमा जेठमा एकैपटक ५ हजार ५ सय १७ जना वृद्धि भई कुल संख्या ५ हजार ७ सय ६० पुगेको हो ।

अहिलेसम्म कोरोनाबाट मुत्यु हुनेको संख्या १९ जना पुगेको छ । जसमध्ये १६ पुरुष र ३ महिला छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot