Logo

४५१ संक्रमित थपिए, कुल संक्रमित संख्या ६ हजार २ सय ११



काठमाडौ, १ असार । आज कोरोना भाइरसका ४ सय ५१ जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ६ हजार २ सय ११ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएको संक्रमित मध्ये ३५ महिला र ४१६ जना पुरुष रहेको जानकारी दिएका छन् ।
कुल संक्रमितमध्ये ५ हजार ७ सय ४० पुरुष र ४ सय ७१ महिला छन् । कुल ७३ जिल्लामा संक्रमित पत्ता लागेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी, अहिलेसम्म एक हजार ४१ जना संक्रमित भएकाहरु निको भएका छन् । जसमध्ये ९३७ पुरुष र १०४ महिला छन् ।

यसअघि हिजो एकै दिन ४ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएपछि नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ५ हजार ७ सय ६० पुगेको थियो । संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।

जेठभर ५ हजार ५ सय १७ जना कोरोना भाइरसको संक्रमित बढेका छन् । वैशाखको अन्तिम दिनसम्म २ सय ४३ संक्रमित संख्या पुगेकोमा जेठभर साँढे पाँच हजार संख्या वृद्धि भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot