Logo

गण्डकीमा १८ जना कोरोना संक्रमित थपिए, सबै भारतबाट आएका थिए



काठमाडौँँ, २ असार । गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या २२३ पुगेको छ । मंगलबार बिहान गण्डकीका पाँच जिल्लामा १८ जना नयाँ संक्रमित भेटिएका थिए ।

गण्डकी स्वास्थ्य निर्देशदालयका अनुसार नयाँ पुष्टी हुने संक्रमितमा गोरखाका १० जना, स्याङ्जाका चार जना, नवलपरासीका दुई जना, कास्कीका एक जना र बागलुङका एक जना रहेका छन् ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गोरखाको गोरखा नगरपालिकाका ३२, ३५, २१, २६, ५३, २९, २५ वर्षका पुरुष, ३१ वर्षका महिला र बारवापक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका पुरुष, स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९, १८ वर्षका पुरुष, नवलपरासीको विनयत्रिवेणी गाउँपालिकाका १८ वर्षका पुरुष, मध्यविन्दु नगरपालिकाका १९ वर्षका पुरुष, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षका पुरुष र बागलुङको ताराखोला गाउँपालिकाका ३४ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको समाचार गोरखापत्रमा प्रकाशित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot