काठमाडौं, असार २ । गण्डकी प्रदेशमा सोमबार थप १८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिका अनुसार मंगलबार थप भएका संक्रमितहरु मध्ये गोरखाका १० जना, स्याङ्जाका ४, पूर्वी नवलपरासीका २ तथा कास्की र बाग्लुङका एक–एक जना रहेका छन । संक्रमित मध्ये एक जना महिला हुन भने बाँकि सबै पुरुष रहेका छन् ।
नयाँ संक्रमितसहित उक्त प्रदेशमा कुल कोरोना संक्रमितको संख्या बढेर दुई सय २३ पुगेको छ ।थपिएका नयाँ संक्रमितहरु हालै विभिन्न मितिमा भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएकाहरु छन् । संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको जारी विज्ञप्तिमा उल्लेख छ ।