Logo

भारत र चीन बीचको विवादीत क्षेत्र गलवानमा सैन्य स्तरको वार्ता



एजेन्सी २ असार । भारत र चीनबीच तातीरहेको सीमा विवादको माहोल केही नरम भएको देखिन्छ । दूवै पक्षबीचको सीमा विवादलाई निष्कर्षमा पुर्याउन आ-आफ्नो सैन्य स्तरबाट प्रयास निरन्तर गरिरहेका छन् ।

सोमबार सीमा वार्तालाई निरन्तरता दिदै गलवान क्षेत्रको पूर्वी लदाखमा वार्ता भएको भारतीय सञ्चार माध्यम हिन्दुले उल्लेख गरहेको छ । वार्ता दूवै तर्फको सैन्यहरु लाइन अफ कन्ट्रोलबाट सैन्य उपस्थिती कम गर्ने बसझिएको छ । दूवै तर्फका सैनिकलाई स्ट्याण्ड अफबाट पछि हटाउने विषयमा समेत वार्ता भएको जनाइएको छ । सैन्य स्तरबाट पाँच चाटी वार्ता भइसकेको छ । वार्ताको नतिजा केही हदसम्म साकारात्मक देखिएको जनाइएको छ ।

वार्ताको क्रम जारी रहँदा र नतिजा साकारात्मक देखिएपनि चीनले आफ्नो गतिविधि भने यथावत राखेको भारतीय पक्षको गुनासो रहेको जनाइएको छ । भाररतीय क्षेत्रको तीन ठाँउमा चीनले हस्तक्षेप गरिरहेको र भारी मात्रा हातहतियारको गतिविधि तीब्र पारेको छ । उक्त क्षेत्रको अन्य विषयमा समेत वार्ता भएको भारतीय जनरल नरभानेले जनाएका छन् । चीनले हस्तक्षेप गरेको भारतीय क्षेत्रबाट हटाउने विषयलाई पनि चीन सामू प्रस्तुत गरिएको बुझिएको छ । अगामीे सैन्य स्तरको वार्ता कहिले हुने विषय टुङो लागेको छैन् ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot