Logo

सयौंको संख्यामा कोरोना संक्रमित थपिए, स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी दिने



काठमाडौं, २ असार । नेपालमा आज सयौंको संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै संक्रमित संख्या साँढे ६ हजार नाघेको छ । यसको औपचारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बेरमा दिने भएको छ ।

आज विभिन्न जिल्लामा संक्रमित संख्या थपिएका हुन् । यसअघि हिजो संक्रमित संख्या छ हजार नाघेको थियो । हिजो ४ सय ५१ जना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ६ हजार २ सय ११ पुगेको थियो ।

हालसम्म ७३ जिल्लामा संक्रमित पत्ता लागेका छन् । यसैगरी, हिजोसम्म एक हजार ४१ जना संक्रमित भएकाहरु निको भएका छन् । जसमध्ये ९३७ पुरुष र १०४ महिला छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot