Logo

लदाखमा भारत र चीनबीच भिडन्त भएपनि वार्ता नरोकिने



एजेन्सी, २ असार । भारत र चीनबीचको सीमा विवादको तनावग्रस्त स्थिति हिंसामा रुपान्तरण भएको छ । सोमवार राती दुवै देशका सीमा सुरक्षा बलबीच झडप भएको छ । झडपको क्रममा तीन भारतीय सैनिक मारिएका छन् । चीनतर्फ पनि मानवीय क्षति भएको पुष्टि भएको छ । तर, यसबारे कति संख्यामा हताहती भयो खुलाइएो छैन ।

लदाखको गल्वान उपत्यकाको लाइन अफ कन्ट्रोलमा चिनियाँ गतिविधि बढेकोमा भारतले आपत्ती जनाउँदै आएको थियो । भारतीय पक्षले आफ्नो सिमा क्षेत्रभित्र चिनियाँ सेनाले गतिविधि गरेको दाबी गरेको छ । चिनियाँ पक्षको दाबी फरक छ । भारतीय सेनाले पार गरी गलत गतिविधि गरिरहेको र चिनियाँ सेना विरुद्व भारतीय सेनाले उत्तेजक कदम चालिरहेको कारण चिनियाँ पक्ष आफ्नो बचावमा कडा रुपमा प्रस्तुत भएको चिनियाँ विदेश मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन मार्फत दाबी गरेको छ ।

सीमा विवादलाई निष्कर्षमा पुर्याउन विगत देखि दुवै देशबीच जारी सैन्य स्तरको वार्ता भइरहँदा पनि दुवै पक्षका शैनिकहरु आक्रमक देखिएको बुझिएको छ । चिनियाँ पक्षले भारतीय सेनाको गतिविधिमाथि कडा निगरानी गरिरहेको चिनियाँ सरकारको आधिकारिक पत्रिका ग्लोबल टाइम्सले लेखेको छ । चीनले आफ्नो अग्रसर सेनालाई लाइन अफ कन्ट्रोल पार नगर्न आदेश दिएको छ । सीमाको वर्तमान स्थितीलाई नबिगार्न र एकपक्षीय ढंग कुनै कदम नचाल्न कडा निर्देशन जारी गरेको विदेश मन्त्रालयका प्रवत्ता झाओ लियानले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

भारत र चीनको सैन्य स्तरको वार्ताबाट उक्त क्षेत्रमा रहेका आ आफ्नो सनिकको गतिविधिलाई घटाउने र उक्त क्षेत्रमा शान्ति कायम गर्न विषयमा सहमती भइसकेको झाओले जनाएका छन् । झडपमा एक भारतीय कर्नल र दूई शैनिक चिनियाँ शैनिकको हमलाबाट मारिएको भारतीय सञ्चारमाध्यमले मंगलबार रिपोर्ट गरेको खबर बाहिर आएको प्रवत्ता झाओले जनाएका छन् । उक्त घटनापछि दूवै देशका वरिष्ठ सैन्य अधिकारीहरु गर्माहटलाई कम गर्न बैठक बस्ने छ, भारतीय मिडियाले भारतीय सेनालाई उदृ गर्दै भनेको प्रवत्ता झाओले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot