काठमाडौं, ३ असार । डकैती मुद्दा लागेका डिएसपी कुमोध ढुंगेल साधरण तारेखमा छुटेका छन् । प्रमाण नभएको भन्दै जिल्ला अदालत काठमाडौंले उनलाई मंगलबार साधरण तारेखमा छाड्ने आदेश दिएको हो ।
रानीबारीको एक घरमा भएको डकैती घटनामा संलग्न अभियुक्तसँग भेट गरेको भन्दै उनीविरुद्ध समेत गत वर्ष मुद्दा दायर गरिएको थियो । भूमिगत रहेका उनी अदालतमा उपस्थित भएका थिए । साधरण तारेखमा छुटेसँगै प्रहरी सेवामा फर्कन बाटो खुलेको छ ।
तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पालामा ढुंगेलमाथि कारबाही अगाडि बढाइएको थियो ।
ढुंगेल तत्कालिन एआईजी पुष्कर कार्कीलाई सहयोग गरेको भन्दै कोपभाजनमा परेको विषय प्रहरीभित्र उठ्ने गरेको छ । तर, उनी बेला बेलामा विवादमा आइरहन्थे।
चरीदेखि मनोज पुनसम्मको इन्कान्टर गरेका ढुंगेल बेला बेला विवादमा पर्ने अधिकृत हुन् । खासगरी खासगरी खराब पृष्ठभुमी भएका व्यक्तिहरुसँगको संगतका कारण उनी विवादमा पर्ने गरेका छन् ।