Logo

बार्सिलोनाले लेगानेसलाई हरायो, रियलभन्दा ५ अंकले अगाडि



काठमाडौं, ३ असार। स्पेनिस लिग फुटबल ला लिगामा स्पानिस जायन्ट बार्सिलोना विजयी भएको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्साले लेगानेसलाई २-० ले हराएको छ । बार्साका लागि युवा स्टार अन्सु फाटी र कप्तान लियोनल मेस्सीले एक/एक गोल गरेका हुन् । फाटीले पहिलो हाफको अन्त्यतिर ४२औं मिनेटमा गोल गरेका हुन भने मेस्सीले ६९औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

यो जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दुरी बढाएको छ । बार्सिलोना रियलभन्दा पाँच अंकले माथि छ । तर, रियलले एक खेल कम खेलेको छ । बार्सिलोनाले २९ खेलबाट ६४ अंक जोडेको छ भने रियलले २८ खेलबाट ५९ अंक बटुलेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्