Logo

अमेरिकामा गृहयुद्वको भविष्यवाणी



एजेन्सी, ३ असार । सन् २०२० मा संयुक्त राज्य अमेरिका भयावह हुने विषय सन् २०१० मै अनुमान गरिएको थियो । पीटर टर्चिन नाम गरेका ६३ वर्षीय अनुसन्धान कर्ताले अमेरिकामा भयावह अवस्था हुने र अहिलेको अवस्थामा गृहयुद्व हुन सक्ने संकेत देखिएको अुनमान अगावै गरेको उनले सञ्चारमाध्यम टाइमलाई जनाएका छन् ।

उनी पहिलै देखि विवादीत अनुसन्धानकर्ताका रुपमा प्रस्तुत भइरहेका थिए । सो कारण उनलाई यस अनुमान प्रति कसैले उनलाई विश्वास योग्य स्वीकार गरेका थिएनन् । सन् २०२० को सुरुवात भयो । सुरुवातमा कोरोना भाइरसको उत्पत्ती चीनबाट भयो । चीनबाट सुरु भएको कोरोना आँखा चिम्लिँदै अमेरिका लगायत विश्वभर फैलियो । कोरोनाको अत्यधिक मारमा अ‍ेमरिकाको अवस्था विकराल भयो । भाइरसका कारण अमेरिकामा सवा लाख भन्दा बढीको मृत्यु भएको छ । अमेरिका कोरोनाबाट उन्मुक्ति नपाउँदै एक अश्वेत नागरिकको घाँटी थिची अमेरिकन गोरा प्रहरीले हत्या गर्यो । अमेरिकामा उक्त विषयले रङभेदको आगो बल्झायो ।

कोरोनाबाट त्रसित मानिहरुमा आन्दोलनको आगो सल्क्यो । अमेरिकाको विभिन्न राज्यहरुमा आन्दोलन भएरहेको छ । सरकारतर्फबाट कर्फ्यु समेत आदेश भएको थियो । अवस्था जटिल बन्दै गएको अमेरिकामा नागरिहरु रङभेदका कारण ओक्रोशित भएका छन् । यस दशकमा अमेरिकामा उथलपुथलको स्थितीे सिर्जना भएको छ ।

मार्टिन लुथर किंगको हत्या भएको बेला समेत विभिन्न निम्न वर्गिय मानिसहरु आन्दोलनमा उत्रीएका थिए । विगत २० वर्ष पूर्वको अमेरिकामा भएको आन्दोलन प्रतिको अध्धयनमा अमेरिकाले आन्दोलन पछि विभिन्न प्रकारको आर्थिक मन्दीको सामाना गरेको जनाइएको छ । अनुसन्धानका अनुसार विगत देखि अमेरिकामा घट्दै आएको ज्याला, सम्पत्ती असमानता, राष्ट्रिय ऋण अत्याधिक भएको कारण सन् २०२० सम्म पुग्दा यसले भयावह अवस्था सिर्जना हुने अनुमान अगावै टर्चिन गरेकोे टाईमले जनाएको छ ।

अमेरिका महामारीका कारण ठूलो मात्रामा वेरोजगारी उत्पन्न भएको छ । रङभेदद्वारा घटित घटनाले न्यु योर्क र मिनियापोलिको प्रहरीलाई राज्यले निलम्बन गर्ने वा कोषमा रकम नराख्ने जनाएको छ । जातीय भेदभावको अन्तयमा अमेरिकालाई अझ समय लाग्ने हालाकी राष्ट्रपति ट्रम्पले जातीय भेदभाव अन्तय गर्न घोषणा समेत गरिसकेका छन् । महामारीका कारण अमेरिका झन् ध्वस्त भएको देखिन्छ । वर्तमान सरकारको निती र नागरिक प्रतिको व्वहार प्रभावकारी नरहेको कारण अमेरिकी सरकारलाई नागरिले विश्वास गर्न सकेको छैन् । लाखौँको संख्यामा बेरोजगारी सिर्जना भएको छ । यसले अमेरिकामा अवस्था झन् जवटल बनाउने अनुसन्भानकर्ताके दाबी रहेको छ । अहिले उत्पन्न भएको संकटले अमेरिकालाई लामो समयसम्म लखेट्ने अनुसन्धानकर्ताले जनाएको छ । यी सब कारणले अमेरिकामा गृहयुद्व निम्त्याउन सक्ने देखिएको छ ।-टाईम म्यागाजिनको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot