काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुङ्गानाले रुकुम घटनाले सिंगो नेपाली समाजलाई लज्जित पारेको भन्दै २१ औं शताब्दीको सभ्य समाज पनि जङ्गली समाजतिर जाँदै गरेको टिप्पणी गरे ।
संयुक्त दलित युवा संघर्ष समितिले माईतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष ढुङ्गानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्दै भने-“रुकुम घटनालाई विश्वले हेरिरहेको छ, तीन करोड नेपालीको शिर निहुरिएको छ, यसले सामाजिक सद्भाव विथोल्न सक्छ, समयमै अपराधीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउनुहोस् ।”
उनले रुकुम पश्चिम घटनालाई पर्दा पछाडिबाट राजनीतिक खेल खेलियो भने दलित वर्गभित्र परेको यो पीडको आक्रोशले प्रधानमन्त्रीको सरकारी निवास निवास घेर्ने पनि चेतावनी दिए । Photo By: Mukunda Kalikote-ReportersNepal.Com