एजेन्सी, ४ असार । कोरोना महामारीको त्रास सम्पूर्ण जनमानसमा फैलिरहेको छ । दिनप्रतिदिन विश्वकै अवस्था भयाबह बन्दै गएको देखिन्छ । औषधी र खोप निर्माणमा विश्वनै अग्रसर र एक जुट भएर परिक्षण गरिरहेको छ ।
यसैबीच बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले बुधबार कोरोनाको विरुद्व लड्न डेक्सोमेथासोन नाम गरेको औषधीलाई प्रभावकारी रहेको र यसले कोरोना संक्रमित व्यक्तिको मृत्यु दरमा कमी ल्याउन विषयलाई आधिकारिक रुपमा जनाएको थियोे । खबरले विश्वभर खुशी छाएको थियो ।
विश्व स्वास्थ्य संगठनले डेक्सोमेथासोन औषधको प्रशंसा गर्दै क्लिनिकल परीक्षण अन्तरगत मात्र प्रयोग गर्न सक्ने घोषणा गर्यो । विश्व स्वास्थ्य संगठनले कोरोनाको दिशानिर्देश आद्यावधिक गर्न प्रभावकारी योजनाहरुमा ध्यान दिन आवश्यकता औल्याएको छ । औषधीको परिक्षण भने प्रारम्भीक चरणमा रहेको र छिट्टै औषधी गम्भीर विरामीका लागी प्रयोगात्मक हुने विश्वास वैज्ञानिकहरुले लिएका छन् ।
औषधीको साइड एफेक्टमाथि परिक्षण भइरहेको जनाइएको छ । तर, उक्त औषधीको कागजी अनुसन्धान नभइक प्रत्रकार सम्मेलन मार्फत औषधीलाई कोरोना विरद्व प्रभावकारी रहेको भन्दै जानकारी दिएको कतिपयलाई अस्वीकार्य रहेको पुष्टि गरिरहेका छन् । रुसी वैज्ञानिकले समेत उक्त औषधीलाई कोरोना विरुद्व लड्न प्रभावकारी नरहेको ठहर गरिहरहेका छन् ।-एजेन्सीको सहयोगमा