एजेन्सी, ४ असार । पहिलो पटक मंगल ग्रह हरिया रङको घेराले घेरिएको छ । हरियो घेरामा घेरिएको मंगल ग्रहको उक्त तस्वीर युरोपेली अन्तरीक्ष यानले सार्वजनिक गरेको हो ।
अनौठो प्रकारले घेरिएको मंगल ग्रहको तस्बिर सामाजीक सञ्जालमा निकै प्रख्यात भएको छ । पृथ्वीपछि पहिलो ग्रहमा यस्तो प्रकारका रङ देखा परेको जनाइएको छ । मंगल ग्रहको वातावरणमा उपस्थित अक्सिजन परमाणु का-कारण ग्रहलाई हरियो रङले घेरेको एक्सो मार्स ट्रेस ग्याँस ओर्बिटरले पत्ता लगाएको हो । अन्तराष्ट्रिय अन्तरीक्ष स्टेशन (आइएसएस) बाट पृथ्वीको वरिपरि विगतमा त्यस्तै प्रकारको हरियो रङको चमक देखापरेको थियो ।
रङ निकै फिका रहेको थियो । तर, मंगलको वरिपरि देखा परेको रङ गाढा रहेको बुझिएको छ । मंगल ग्रहबाट उत्सर्जित हुन रङलाई ४० वर्षको समय लाग्ने पूर्वानुमान गरिएको वैज्ञानिकहरुले जनाएका छन् ।-एजेन्सीको सहयोगमा