Logo

भारतमा कोरोना भाइरसविरुद्वको गणित असफल



एजेन्सी, ५ गते । भयावह अवस्थामा पुगेको महामारीका कारण भारतमा संक्रमित र मृत्यु दर उकालो लाग्दै गएको छ । भारतमा कोरोना संक्रमित केस र मृत्यु दर पत्ता लगाउन गरिएको गणितले भारतलाई बिक्राल अवस्था तीर धकेलीरहेको इन्डियन मेडीकल रिर्सचमा प्रकाशित गरिएको सम्पादकीयमा उल्लेख गरिएको छ ।

संक्रमण रोकथाम गर्न जारी गरिएको गणितमै पूर्ण रुपमा भरपर्नु र उक्त सुरुवाती हिसाबले नै भाविष्यको योजना बनाउनु खतारनाक सावित हुने सक्ने सम्पादकीयमा उल्लेख गरिएको छ । नयाँ संक्रमणको रोकथाम गर्न पहिलै जारी भएको गणितहरु नयाँ संक्रमितमा प्रयोग गर्नु गलत प्रस्ताव हुने उल्लेख गरिएको छ ।

भारतमा कोरोना संक्रमणको गम्भीरतालाई मध्येनजर राखीे विभिन्न प्रकारका गणितीय उपायहरु रोकथाम गर्न प्रयोगमा ल्याइएको थियो । त्यसमध्ये एक गणित पनि सही सावित नभएको र भाइरसको जीवाणु पत्ता लगाउन असफल भएको आइसीएमआरको निर्देशक राजेश भाटिया उल्लेख गरेका हुन् । भ्रम छर्ने गणितय हिसाबले विस्तविकता भन्दा पूर्ण फरक रहेको उल्लेख छ । संक्रमणको सुरुवाती अवस्थामा गरिएको लामो समयको लकडाउन केही समयसम्म संक्रमण र मृत्यु दर पत्ता लगाउने गणित उपयुक्त र प्रभावकारी भएको जनाइएको छ ।

तर, नयाँ संक्रमितको संख्या दिनप्रतिनिद उकालो लाग्दै गएकोमा सुरुवाती दिन जारी गरिएको हिसाब प्रभावकारी नहुने जीकीर गरिएको छ । तत्काल तल्लो स्तरबाट डाटा संकलन गर्दै हिसाबलाई सही ठाउँमा राख्ने प्रयत्न गर्नुपर्नेमा आवश्यकता औल्याइएको छ । तर, भारतको विभिन्न नयाँ ठाँउहरुमा प्रत्येक दिन संक्रमण देखापरेकाले अवस्था बिग्रीने प्रबल सम्भावना रहेको छ ।

सुरुमा गरिएको लकडाउन प्रभावकारी रहेको थियो । सबैले गम्भीरता पूर्वक पालना गरेका थिए । त्यस बीच सरकारले भारतीय स्वास्थ्य व्यवस्थालाई मजबुत पार्र्दै नागरिक माझ आफ्नो विश्वास कायम गर्न सक्षम हुनसक्थ्यो । अप्रवासी जनसंख्याहरुकोे गृह जिल्ला जाने क्रमले दर लग्दो र अनियन्त्रीत अवस्था सिर्जना हुन सक्नेछ । दैनिक तीब्र गतीमा फैलिरहेको कोरोना संक्रमण सम्पूर्ण भारतमा एक समान नरहेको उल्लेख गरिएको छ ।

एक समान नरहेको कारण अवस्था गम्भीर रहेका जनाइएको छ । रोकथाम गर्न नयाँ संक्रमित संगै जेष्ठ नागरिकहरुको स्वास्थ्य व्यवस्था र सुरक्षाका लागी अत्यावश्यक सामाग्री प्रदान गरिनु पर्ने जनाइएको छ । भारतमा कोरोना संक्रमणमा रोक लगाउन एक हजार प्रयोगशालामा स्थायी नेटवोर्कको व्यवस्था जरुरी रहेको उजागर गरिएको छ भने सात सय ३४ जिल्ला लगायत शहर र मेट्रो शहरमा पीसीआरको व्यवस्थालाई प्रभावकारी बनाए रोकथाम गर्न मद्दत पुग्ने छ ।

संकटका बेला उत्पन्न विभिन्न विपतका कारण मानिसको आवत जावत तीब्र हुनसक्ने छ । त्यसकारण सरकारले निम्न वर्गिय तथा अत्यावश्यक मानिसलाई सेवा प्रदान गर्र्न जरुरी रहेको छ । महामारीका समयमा अग्रज कामदारहरुप्रति जिम्मेबारी सरकारले प्रभवकारी ढंगले उठाउनु पर्ने जनाइएको छ । उनीहरुको आवश्यकताका बेला सेवा प्रदान गरिरहेको क्षेत्रमा बासिन्दालाई सहयोग पुर्याइदिने गरी योजना बनाउनु पर्नेमा जोड दिइएको छ ।

नयाँ प्रकारका भाइरस भएतापनि इमान्दारीका साथ सम्पूर्ण देशवासीले नियम पालना गरे कोरोना भाइरस विरुद्व जीत हासिल गर्न भारत सक्षम रहेको छ । उक्त भाइरसले अज्ञात तरिकाले हमला गरेको कारण यसको जीवाणु पत्ता लगाउन तत्काल असम्भव देखिएको छ । अगामी दिनमा आउने चूनौतीको सामना गर्न र सावधानी अपनाउन प्रमुख कारक हुने विष्य सम्पादकीयमा उल्लख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot