नयाँ दिल्ली, ५ असार । भारत र चीनबीचको सिमा लद्दाखको गाल्भान उपत्यकामा दुई देशबीचको लाईन अफ कन्टोलमा दुई सेनाको बिचको झगडामा चिनियाँ सेनाले कुन हतियार प्रयोग गरेको थियो ? भन्नेबारे अहिले भारतमा बहस भैरहेको छ ।
भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार चिनियाँ सेनाले फलामको रडको प्रयोग गरेको जनाएका छन् । भारत र चीन सीमामा भारतीय सेनाका एक वरिष्ठ अधिकारीले बीबीसीलाई पठाएको तस्विरमा चिनियाँ सैनिकले फलामको रड प्रयोग गरेको देखाईएको छ ।
जुन १५ देखि १६ मा लद्दाखको गाल्वान उपत्यकामा एलएसीमा भएको उक्त झडपमा भारतीय सेनाका एक कर्नल सहित २० सैनिक मारिएका थिए । भारतले चिनियाँ सेनालाई पनि क्षति पुर्याएको दाबी गरेको छ तर चीनबाट यसबारे कुनै आधिकारिक विज्ञप्ति आएको छैन। चीनले आफ्नो तर्फको सेनालाई कुनै क्षति नभएको दाबी गर्दै आएको छ । एजेन्सी