एजेन्सी ६ असार । सन् २०१८ मा उत्तर कोरियाको तर्फबाट पहिलो कान्छी प्रतिनिधिको रुपमा किम जोङ कि बहिनी किम यो जोङले दक्षिण कोरिया प्रस्थान गरेकी थिइन् । उनी आलम्पिकमा सहभागी हुन पहिलो पटक दक्षिण कोरिया पुगेकी थिइन् । आलम्पिक उदघाटन समारोहमा दक्षिण कोरियाका प्रतिनिधित्व गर्ने खेलाडीको कोरिया प्रतिको व्यवहारले उनी गौरवान्वित भएकी थिइन् ।
समारोहपछि उनलाई दक्षिण कोरियाको द ब्लू हाउसमा आमन्त्रण गरिएको थियो । त्यहाँ उनी प्रति गरिएको व्यवहारले उनी केही सुमधुर सम्बन्ध कायम गर्ने विश्वास दिलाइन् । उत्तर र दक्षिणबीचको सुमधुर र व्यापारिक सम्बन्धलाई जोड्न उत्तर इच्छुक रहेका बताइन् र दूवै देशबीच सम्झौताहरुको प्रक्रिया अगाडी बढ्न थाल्यो ।
किम यो जोङ त्यस समयमा उतर कोरियाका प्रमुख प्रचारक थिइन् । उनको छवि द व्लू आउसमा पूर्ण प्रर्दशनमा थियो । उनी आफ्नो देशका लागी उत्तम सावित भएकी थिइन् । उनको निती र रणनिती प्रति सम्पूर्ण प्रतिनिधिहरु चकित परेका थिए । तात्कालिन समयमा दक्षिण कोरियाका सभासद पार्क जी वोन सित किम यो जोङको भेटघाट कार्यक्रम प्रारम्भ हुन्छ ।
दूवै बीच करिब चार पटक वार्ता हुन्छ । वार्ता पश्चात किम यो जोङ निकै कम उमेरमा प्रभावशाली, बुद्वमानी र निर्धक्क भइ प्रस्तुत भएकी विषय पार्कले जनाएका थिए । उनले आफ्नो भाइ र पिताका बारेमा पार्क संग आफ्नो कुरा साझा गरिन् । उनी अत्याधिक बुद्विमानी र चलाख रहेकी पार्कले जनाएका थिए । उत्तर र दक्षिण कोरियोका सम्बन्धलाई नयाँ मोड दिन किम यो जोङले मुख्य भुमिका निर्वाह गरेकी थिइन् ।
तर, सन् २०२० को मे ३१ मा केही दक्षिण कोरियाली एक्टिभिस्टले उत्तर कोरिया संग जोडिएको सीमामा उत्तर कोरिया विरुद्व बैलूनहरु उडाएका थिए । यसले उत्तर कोरियाको आत्मसम्मानमा ठेस पुगीररहेको जनाकारी गराइन् । उक्त जवाफमा किमकि बहीनीले यस्ता प्रकारका गतिविधीमा रोक लगाउने दक्षिण कोरियालाई सचेत गराएकी थिइन् । गलत गतिविधिमा रोक नलगाए दूवै देशबीचको सम्पूर्ण सम्झौत खारेज गर्ने धम्की किम यो जोङले दिएकी थिइन् । त्यसपछि उनी आक्रमक ढंगले पेश भइन् ।
किम यो जोङले दक्षिण कोरियासंग विना कुनै सम्वाद मार्फत आक्रममक भई दूवै देशबीचको सम्पर्क आधारमा रोक लगाइन् । देशका मजाक उडाइरहेको मानिसहरुसंग सम्वाद गर्न कुनै उदेस्य नरहेको ठहर गर्दै मित्रतातिर बढीरहेको दुवै देश अचानक दुश्मनीमा परिणत भएको छ । आक्रामक कदम चाल्न किम यो जोङलाई खासै समय नलागेको जनाइको छ । उनले आफ्नो देशविरुद्वको गितिविधिमा संलग्न रहेका प्रति छिट्टै निश्कर्षमा पुग्ने उनको दुबी रहेको बुभिन्छ । दक्षिण कोरिया विरुद्व उनी खनिन् र उक्त गतिविधि गर्नेहरुलाई कडा रुपमा सजाय दिन दक्षिण कारियाली प्रधानमन्त्रीलाई आग्रह गरिन् । जवाफमा उनीहरु विरुद्व प्रहरीले अनुसन्धान तीब्र पारेको बताइएको छ । किम यो जोङ आफ्नो बाल्यकाल देखिनै आफ्नो देशका तर्फबाट प्रतिनिधित्व गर्दै आएकी छिन् । यसपाली पुनः आक्रमक ढंगले पेश भएकी किम यो जोङ विश्वको ध्यान पुनः केन्द्रित गरेकी छिन् । उनी आफ्नो अडानमा कायम हुने गर्छिन् । उनको पावर पोलिटिक्स प्रभावशाली र अझ खतरनाक रुपमा देखिने छ । उत्तर कोरियाली नेता किम जोङ उन र उनकी बहिनी किम यो जोङबीच कनेक्शन सम्वेदनशील रहेको छ । प्रभावशालीसमेत रहेको जनाइएको छ ।
नेता किमका मुख्य एजेण्डाहरुमा बहिनीको महत्वपूर्ण भुमिका हुने गर्दछ । दूवै भाई बहिनीले आफना् बाल्यकालका अवस्थामा रहेको बेला आमा गुमाएका थिए भने बयस्क अवीथामा हुँदा उनीहरुले आफ्नो बुवा गुमाएका थिए । उनीहरुको जीवन स्वीट्जरल्याण्ड र उत्तर कोरियामा वितेको थियो। दूवै जनाका धैर्यता अत्यधिक रहेको कारण उनीहरु एक सफल नेतृन्वकर्ताका रुपमा प्रस्तुत भएको देखिन्छ । अगामी आउने दिने किम की बहिनीले विश्वलाई विभिन्न रुपमा चकित र आश्चर्यजनक पार्ने छिन् ।