Logo

भारतमा अहिलेसम्मकै सबैभन्दा बढी एकै दिन १४ हजार ५१६ संक्रमित



६ असार : भारतमा गएको २४ घन्टामा मात्र १४ हजार भन्दा बढी संक्रमित भेटिएका छन् । भारतमा एकै दिन यतिधेरै मानिस संक्रमित भएको यो पहिलो घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

शनिबार प्राप्त समाचारमा भारतमा १४ हजार ५१६ जना संक्रमित भेटिएका हुन् । यो सँगै भारतमा संक्रमितको संख्या चार लाखको नजिक पुगेको बताइएको छ ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म तीन लाख ९६ हजार १८२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतभरमा भएका ती संक्रमितमध्ये १२ हजार ९७० व्यक्तिको मृत्यु भएको छ । भारतमा निको भएर घर फर्किनेको संख्या दुई लाख १४ हजार २०९ रहेको छ । यहाँ अझै उपचाररत एक लाख ६८ हजार २६९ रहेको बताइएको छ ।-एएनआई



प्रतिक्रिया दिनुहोस्

Screenshot