Logo

असफल मन्त्री परिवर्तन गर्ने तयारीमा प्रधानमन्त्री !



असार ६, काठमाण्डौ । केपी ओली नेतृत्वमा सरकार बनेदेखि नै अनेकौँ विवादमा मुछिएको छ । कहिले स्वयम् प्रधानमन्त्री त कहिले मन्त्रीहरु । एकपछि अर्को गर्दै आलोचना बढिरहँदा सरकार असफल भएको अधिकांशको ठहर छ । र पछिल्लो समय फेरी मन्त्रीहरुको काम विवादित हुने क्रम बढिरहँदा पुनः मन्त्रीपरिषद फेरबदल हुनेसम्मको चर्चा चलेको छ ।

२०७४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा वामपन्थी गठनबन्धले बहुमत प्राप्त गरेपछि प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले संसदीय दलका नेता ओलीको नेतृत्वमा फागुन ३ गते नयाँ सरकार गठन भएको थियो । लामो समयदेखिको राजनीतिक संक्रमणकाल र अस्थिर सरकारको अन्त्य भएको अपेक्षा त्यतिबेला गरिएको थियो ।

र स्थिर सरकार बनेसँगै विकास र समृद्धि तथा जनताको चाहना पूरा हुने अपेक्षा सबैले गरेका थिए । तर सरकारले सोचेजस्तो सफलता हासिल गर्न सकेन । जसका कारण आलोचना र विरोध दिनप्रतिदिन बढिरह्यो । प्रधानमन्त्री ओलीसमेत सरकार असफल भएको ठहर गर्दै केही मन्त्रीहरु हटाएर नयाँलाई मौका दिन बाध्य भए ।

यसबीचमा सरकारलाई सत्तारुढ दल नेकपाकै असहयोग पनि देखियो । विरोध पनि देखियो । पछिल्लो समय फेरी प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न लागेको चर्चा चलेको छ । यद्यपी यस विषयमा औपचारिक पुष्टि भएको छैन । कुनै पात्र फेरिदैमा सुधार नहुने टिकाटिप्पणी भइरहेको छ । नयाँलाई मन्त्री बनाएर काम प्रभावकारी बनाउनुभन्दा पनि आफ्ना मान्छेलाई अवसर दिने प्रवृत्ति हुँदा पात्र फेरिदैमा उपलब्धि नहुने नेपाल सरकारका पूर्व सचिव डा.बिमल कोइराला बताउँछन् ।

अघिल्लो वर्ष अर्थात करिब ७ महिनाअघि अयोग्य भनेर हटाइएका तत्कालिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनताको चाहना बमोजिम काम गर्न नसकेमा जति नै पटक हेरफेर गरे पनि उपलब्धि नहुने बताउँछन् । सम्बन्धित मन्त्रालयको विज्ञताका आधारमा जिम्मेवारी नदिएसम्म ठोस नतिजा नआउने पण्डित बताउँछन् ।

पछिल्लो कोरोना रोकथाममा सरकार असफल भएको आरोप लागेको छ । त्यसैगरी मन्त्रीहरु नै भ्रष्टाचार काण्डमा मुछिनाले पनि प्रधानमन्त्री ओली अप्ठ्यारोमा पर्ने गरेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा गठित उच्च स्तरीय समन्वय समिति समेत खाजेज गरेका छ । यति मात्रै होइन पछिल्लो समय सरकारले खरिद गरेको स्वास्थ्य सामाग्रीमा समेत ठुलो आर्थिक अनियमितता भएको आशंका गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot