काठमाडौं, असार ७ । गण्डकी प्रदेशमा आईतबार थप १६ संक्रमित फेला परेका छन् । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आज थप भएका संक्रमित मध्ये बाग्लुङका ९, म्याग्दीका ४, पर्वतका २ र तनहुँका १ जना रहेका छन् ।
संक्रमित मध्ये दुई जना महिला रहेका छन भने अन्य बसै पुरुष हुन् ।यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५०४ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।