Logo

आइएसआई कमाण्डरको कोरोना सङ्क्रमणका कारण मृत्यु



पाकिस्तानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख ७१ हजार ६६६ पुगेको छ । पाकिस्तानको अन्तरसेवा गुप्तचर (इन्टर–सर्भिसेज इन्टिलिजेन्सरआईएसआई) का बलुचिस्तानमा कार्यरत वरिष्ठ अधिकारी ब्रिगेडियर हसन अफजालको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पाकिस्तानी स्रोतलाई उद्धृत गर्दै एएनआईले जनाएअनुसार उनी आईएसआईको बलुचिस्तान क्षेत्रको कमाण्डर थिए । पाकिस्तानको विकट प्रान्त मानिने बलुचिस्तानमा आधुनिक स्वास्थ्य सेवाका लागि आवश्यक पूर्वाधार नभएका कारण हसनको मृत्यु भएको आशङ्का गरिएको छ ।

बलुचिस्तानका जनस्वास्थ्य कार्यालयका महानिर्देशक डाक्टर सलिम एब्रोले हालै पत्रकार सम्मेलनमा बलुचिस्तानमा आगामी केही महिना (जुलाई देखि सेप्टेम्बर) भित्र सङ्क्रमित एक लाखभन्दा बढी पुग्ने भन्दै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका थिए । घटना र विचारबाट



प्रतिक्रिया दिनुहोस्