Logo

दादुरा, गलगाँड र रुबेलाविरुद्धको खोप कोरोनाविरुद्व लड्न प्रभावकारी हुनसक्ने वैज्ञानिकको दाबी



एजेन्सी, ७ असार । कोरोनाविरुद्वको भ्याक्सिन निर्माण हुन महिनौँ या सायद बर्षौँ लाग्ने अनुमान गरिएको छ । विभिन्न कम्पनीहरु उक्त भ्याक्सिनको खोजी गरिरहेका छन् । तर, तत्काल विभिन्न रोग विरुद्व प्रयोग भइरहेको भ्याक्सिन कोरोना भाइरस रोकथाम गर्न सक्ने वैज्ञानिकहरुको दाबी रहेको छ ।

दादुरा, गालगांड र रुबेला (एमएमआर) भ्याक्सिनको बुस्टर डोजले कोरोनाविरुद्व गम्भीर अवस्था भोगिरहेको संक्रमितलाई निको पार्न सक्ने अनुमान गरिएको छ । भ्याक्सिनले बच्चाहरुको प्रतिरोधात्मक पं्रणालीलाई विकास र मजबुत बनाउन प्रभावकारी भुमिका खेल्ने कारण यसलाई कोरोना विरुद्व परिक्षण गरिन सक्ने जनाइएको छ ।

एमएमआर भ्याक्सिन लाइभ भ्याक्सिनको रुपमा चिनिन्छ । दादुरा, गालगाँड र रुबेलाविरुद्वका भ्याक्सिन विरामी नै नभइ प्रतिरक्षा प्रणालीलाई मजबुत पार्न दिइने गर्दछ । अत्यधिक जोखिममा रहेको कोरोना संक्रमित माथि एमएमआरको क्लीनीकल परिक्षण गरिने जनाइएको छ ।

एमएमआरको भ्याक्सिन प्रयोगमा ल्याउन कुनै खतरा नहुने विषय स्वास्थ्य अधिकारीले जनाएका छन् । एमएमआरको भ्याक्सिन प्रायः बच्चा र बयस्क उमेरको मानिसले लगाएको कारण कोरोना संक्रमणको जोखिम उनीहरुमाथि कम देखिएको छ । भ्याक्सिनले बच्चाको अपर रेस्पिरेटरी प्रणालीमा एसीइ २ को मात्रालाई कम गर्ने प्रभावकारी हुने गर्दछ । कोरोना भाइरसले समेत उक्त क्षेत्रमा हानी पुर्याइ मानिसको ज्यान समेत लिने गर्दछ । सो कारण एमएमआरको भयाक्सिनले कोराना संत्रमित व्यक्तिमा न्युनीकरण गर्न सक्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्