Logo

योगले कोरोना रोकथामः मोदी



एजेन्सी। ७ असार । विश्वभर फैलिरहेको कोरोना महामारी विरुद्व कुनै प्रकारका औषधी निर्माण भइसकेको छैन् । अनियन्त्रित गतिमा फैलिरहेको महामारीविरुद्व योग गर्न अहिलको अवश्यकता रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुझाएका छन् । भारतको प्रचीनकाल देखि अभ्यासमा रहेको इन्डियन योगाले विश्वमा थूप्रै मानिसहरुले कोरोना रोकथाम गर्न सफल भएको बताएका छन् ।

कोरोनाले श्वास प्रस्वासमा कमी गर्ने भएकोले सम्पूर्ण विश्वलाई प्रनायाम गर्न छैठौँ विश्व योगा दिवसको अवसरमा मोदीले सुझाएका हुन् । योगाले समाजलाई एक हुन सिकाउन विश्वास मोदीले दिएका छन् । यसले मानिसमा देखिएको विवीदतालाई कम गर्छ । यद्दपी यो रङ, जात भेदभाव, विश्वास र देश भन्दा माथि रहेको प्रधानमन्त्री मोदीले जनाएका छन् ।

योगले स्वच्छ पृथ्वी निर्माण गर्न मद्दत पुर्याउने विश्वास मोदीको रहेको छ । कुनै जात वा धर्मका मानिसले योगालाई आत्मसाथ गर्न सक्ने जनाइएको छ । कोरोना महामारी विरुद्व लड्न योगाले मानिसको प्रतिरोधात्मक क्षमताको अविवृद्व गर्ने विषय मोदीले बताएका छन् । योगालाई प्रथमिकतामा राखी यसको प्रचार गर्न भारत सदैव अग्रसर रही काम गर्दै आएको बताए । विश्वभर योगाभ्यासलाई आत्मसाथ गराउन र प्रयोगमा ल्याउन भारतका विभिन्न संघ संस्थाहरु लागी परेको उनले बताए ।

इबोलाविरुद्वको अनुभवले कोरानाको खोप निर्माण गर्न मद्दत

एजेन्सी ७ असार । इबोलाको महामारीको अुनभव रहेको रुसले कोरोनाविरुद्व छिट्टै र प्रभावकारी खोप निर्माण गर्न सक्ने प्रतिबद्वता राखेको छ । इबोलाको अनुभव प्राप्त रुसलाई कोरोना विरुद्वको खोप निर्माण गर्न खासै समय नलाग्ने विषयलाई रुसी रक्षा मन्त्रालयले शनिबार रुसी सञ्चार माध्यम तासलाई बताएका छन् ।

राष्ट्रिय अनुसन्धान केन्द्रद्वारा निर्मित खोपको परिक्षण गामाले राष्ट्रिय अनुसन्धान केन्द र रुसी रक्षा मन्त्रालयको संयुक्त साझदारीमा भइरहेको छ । खोपको क्लीनीकल परिक्षण जुन १८ को भएको थियो । कोरोना विरुद्व गरिएको खोप १८ जना स्वेयंसेवकहरुमा परिक्षण गरिएको छ । परिक्षण गएिको नतिजा भने अन्तिम जुलाईमा आउने जनाइएको छ ।-File photo



प्रतिक्रिया दिनुहोस्